बुधबार, १९ फागुन २०७७     (Wednesday, 03 Mar 2021)      : :            English | नेपाली
नेपाल सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
कृषि बिभाग

फलफूल विकास निर्देशनालय

राष्ट्रिय सुन्तलाजात वाली विकास कार्यक्रम

कीर्तिपुर, काठमाडौँ
  मुख्य सन्देश  

हाम्राे बारेमा

About NCDP -National Citrus Development Program

राष्ट्रिय सुन्तलाजात बाली बिकास कार्यक्रम     

       

        सुन्तलाजात फलफूल मध्ये सुन्तला नेपालको रैथाने (indigenous) फलफूल हो । हाम्रो देशमा परापूर्वकाल देखि सुन्तलाजात फलफूल खेती हुंदै आएको छ । देशका केहि पुराना पकेट क्षेत्रहरूमा सय वर्षभन्दा बढी उमेरका फल दिने सुन्तलाका बोटहरू अहिले पनि पाईन्छ । देशको पूर्व देखि पश्चिमसम्मको मध्य पहाडी भू–भाग सुन्तलाजात फलफूल उत्पादन हुने क्षेत्र अन्तरगत पर्दछ । सुन्तलाजात फलफूल अन्तरगतका सुन्तला, जुनार, कागती, निबुवा, भोगटे, ज्यामिर, बिमिरो, चाक्सी, काठे आदि विभिन्न भू–भागमा पाईन्छ । फलफूल अन्तरगत सुन्तलाजात फलफूलले मध्य पहाडी क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपुर्ण योगदान गरेको छ ।

मध्य पहाडी तथा हिमाली जिल्ला गरी कुल ४२ जिल्लामा सुन्तलाजात फलफूल ब्यवसायिक कार्यक्रम संचालन भैरहेको छ । यसैगरी थप २० जिल्लामा साधारण कार्यक्रम अन्तरगत घरबारी बगैचा कार्यक्रम संचालन हुंदै आएको छ । यसरी कुल ६२ जिल्लामा संचालन भएको ब्यवसायिक तथा घरबारी बगैचाबाट ३९०३५  हेक्टर क्षेत्रफल ढाकिएको छ । हाल सुन्तलाजात फलफूलले ढाकेको कुल क्षेत्रफलको ६५ प्रतिशत क्षेत्रफल उत्पादनशील अबस्थामा रहेको छ । आ.व. २०७१/७२ को तथ्याङ्क अनुसार कुल २,२२,७८९ मे.टन फल उत्पादन भएको देखिन्छ । 

संस्थागत विकास

       वि.सं. २०१७ सालमा Citrus Research Sub-station, Pokhara र वि.सं. २०१८ सालमा Citrus Research Station, Dhankuta स्थापना भएको थियो । यसैगरी बि.सं. २०२३ सालमा फलोद्यान विभाग (Department of Horticulture) को स्थापना भयो । वि.सं.२०२९ सालमा पुनः कृषि विभागको पुर्नगठन हुंदा सुन्तलाजात फलफूल विकास कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय स्तरमा राष्ट्रिय सुन्तलाजात वाली विकास कार्यक्रमको स्थापना भयो ।

उद्येश्यहरुः

  • नेपाल सरकारलाई सुन्तलाजात फलफूल बालीको विकास गर्न आवश्यक पर्ने निती, रणनिती तथा कार्ययोजनाहरु तयार गर्ने ।
  • सुन्तलाजात फलफूल बालीको विकास गर्न आवश्यक पर्ने नर्मस, कार्यविधी तथा प्राविधिक प्यारामिटरहरु तयार गर्ने ।
  • राष्ट्रियस्तरमा सुन्तलाजात बालीको लेखाजोखा (Inventory) तयार गर्ने, गुणस्तरिय बिरुवाको उत्पादन तथा वितरण गर्न गराउन आवश्यक वासलात (Balance Sheet) तयार गर्ने ।
  • अनुसन्धान, अध्ययन संस्थान लगायत सुन्तलाजात फलफूल ब्यवसायमा कार्यरत सबै सरोकारवालाहरुसँग समन्वय गर्ने ।
  • सुन्तलाजात फलफूल सम्बन्धि प्राविधिक रिपोर्ट, अनुसन्धानका नयाँ उपलब्धिहरु, बुकलेट, पम्पलेट प्रकाशन गर्ने ।
  • सर्भे सर्भेलेन्स, तालिम, सेमिनार तथा नितिगत सम्बादका कार्यक्रमहरु संचालन गर्ने ।
  • आयात प्रतिस्थापन तथा निर्यात प्रबर्धन गर्न सरोकारवालाहरुसँग समन्वय गर्ने ।
1490861014Dr. Shanta Karki 001.jpg

Dr. Shanta Karki

(Program Chief)
1492512592Gobhardhan1.JPG

Gobardhan Adhikari

( Information Officer) (S.P.P.O)
(9860462472)
149259783715941191_1380600988650673_526585474884895315_n.jpg

Bharat Bahadur Acharya

(Senior Citrus Development Officer)

भुक्तानीका लागि सार्बजनिक गरिएका बिलहरु


© National Citrus Development Program

Powered By: ProActive Web Developers